Advertisement GIF
कल्पवृक्ष / काठमाडौं
पुस २० शनिबार, ११:२७ अपराह्न
पालिका अध्यक्षले फुटाए स्क्यानर : राहदानी वितरण सेवा बन्द

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका अध्यक्ष वेदबहादुर थापाले आफ्नो पालिकाका सेवाग्राहीले सेवा नपाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा रहेको स्क्यानर फुटाएका छन् ।
आफ्नो पालिकाका नागरिकले सहजै सेवा नपाएको भन्दै उनले बिहीबार कार्यालयको राहदानी शाखामा तोडफोड गर्दै स्क्यानर फुटाएका हुन् । स्क्यानर फुटाइएपछि राहदानी वितरणसम्बन्धी सेवा ठप्प भएको प्रशासन कार्यालयले जनाएको छ ।
अध्यक्ष थापा मगरले टाढाबाट आएका नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताएका छन् ।