Advertisement GIF
कल्पवृक्ष
पुस ५ शुक्रबार, ११:१२ पूर्वाह्न
जनकपुरमा बेवारिसो शव भेटियो

-कल्पवृक्ष/काठमाडौं

जनकपुरको दुर्गा मन्दिरनजिक एक पुरुषको शव फेला परेको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका– ४, मुरलीचोकस्थित मन्दिर परिसरमा करिव ६० वर्षीय पुरुषको शव फेला परेको हो । उनको पहिचान भने भइ नसकेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वरुणबहादुर सिंहका अनुसार शुक्रबार (आज) बिहान साढे ६ बजेतिर प्रहरीले शव रहेको जानकारी पाएको थियो ।घटनास्थलको प्रकृति हेर्दा ईटा प्रहार गरी हत्या गरेको जस्तो देखिएको प्रहरीको प्रारम्भीक अनुमान छ ।