कल्पवृक्ष, काठमाडौं ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोको समयमा एक साता आंशिक रुपमा बन्द हुने भएको छ।
उक्त सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टान फुटाएर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो।
यसैगरी, विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइले जानकारी दिए।
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने बताइएको छ।