नेपालीहरुबीच दशर्काैदेखि चर्चित खाजाको रुपमा मः मः लाई लिने गरिएको छ । यहाँ म मः मः कसरी बनाउँदा मीठो हुन्छ, भन्ने विषयमा चर्चा गर्दैछु ।
मः मः बनाउँदा केके सामानको मिश्रण आवश्यक पर्छ त ?
किमा एक किलो प्याज ४ सय ग्राम हरिायो धनियाँ १० देखि १२ ग्राम पकाउने तेल १०० देखि १५० मिलिलिटर नुन एक चम्चा मरिच, अजिना मोटो, मः मः मसला, मिट मसला, धनियाँ धुलो, जिरा सबै एक एक चम्चाका दरले ६/७ चम्चायी सामानलाई किमामा मोल्ने र १० देखि १५ मिनेट राखेपछि मः मः बनाउन कच्चा पदार्थ तयार हुन्छ । मैदाको पीठोलाई मुसेर १० देखि १२ मिनेट राखेपछि अब तपाईँ मः मः बनाउन सक्नु हुन्छ ।
मः मः बनाउने भाँडोमा पानी उम्लिरहेको छ भने मः मः राखेपछि ७ देखि ८ मिनेटमा मः मः खानलाई योग्य हुन्छ । सकैसम्म मः मः पकाउँदा मः मः फुटेको हुनुहुन्न । फुटेको मः मः मा स्वाद कम हुन्छ । त्यसैले मः मः पकाउँदा सकेसम्म धेर पाक्नु हुन्न । धेर पाकेर फुटेमा मसला बाहिर जाने र त्यसकै कारणले मः मः को स्वाद कम हुने गर्दछ ।