कल्पवृक्ष, काठमाडौं ।
जापानले अध्यागमन कानुन उल्लंघन गर्ने चारजना नेपालीलाई शुक्रबार निष्काशन गरेको छ।
त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा प्रभावकर थकाली, समीर बुद्धचार्य,मोहन बुढाथोकी र राजेन्द्र घर्तीलाई निष्काशित गरेको स्रोतले बताएको छ।
कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्कासन गरी नेपाल पठाएको तर के(कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।
पछिल्लो समयमा अमेरिका, दक्षिण कोरिया, मलेसिया, रोमानियालगायतका देशबाट सरकारले त्यहाँका विदेशी कामदारहरूको निगरानी गर्दै आएको छ। जसमा नेपालीहरू पनि निष्काशित हुने गरेका छन्।