मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । सोमबार (आज) बिहान उनी राजधानीको जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेकी हुन् ।
उनको मृत्युको कारण खुल्न सकेको छैन । उनी मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् ।