हुम्लामा भारी हिमपात भएको छ । सोमबार (हिजो) रातिदेखि हिमपात सुरु भएको हो ।
सदरमुकामा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो पनि धेरै बढेको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनसमा पुगेको छ भने जिल्लाका केही स्थानमा वर्षा भइरहेको छ ।