Advertisement GIF
कल्पवृक्ष
पुस ९ मंगलबार, १०:४१ पूर्वाह्न
बामदेव नेकपा एसमा जाने  : पार्टी थप थिलथिलो बन्ने पक्का

पछिल्लो समय नाममा मात्र सीमित बन्दै गएको र पार्टी अध्यक्ष माधवकुमार नेपालका आसेपासेले मात्र नेतृत्वमा अवसर पाएको आरोप लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) पार्टी थप थिलथिलो बन्ने भएको छ ।
नेकपा एमालेलाई फुटाएर बनेको यो पार्टीमा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई ल्याइने भएपछि पार्टी थप संकटमा पर्ने जानकारहरुको बुझाइ छ । एमाले फुटाएर माले बनाएका र दुई तिहाइको नेकपा फुटाउन राम्रो भूमिका खेलेका गौतम कम्युनिष्ट आन्दोलनमा आलोचितमात्र छैनन्, पैसा विना कुनै काम नगर्ने नेताका रुपमा परिचित छन् ।
नेपालको नेकपा एसमा उनी भित्रने पक्का भएपछि त्यस पार्टीमा रहेका धेरै कार्यकर्ताले पार्टी छोड्ने तयारी गरिरहेको पनि बुझिएको छ । जे होस् ७ दशक उमेर पार गरेका बामदेवलाई नेकपा एमालेमा आउन नदिएपछि उनले बिकल्पको रुपमा राष्ट्रिय पार्टीसमेत बन्न नसकेको नेकपा एस रोजेका हुन् । त्यहाँ पनि उनको भविष्य राम्रो नदेखिएको एसकै केही नेताहरुको भनाइ छ ।