Advertisement GIF
कल्पवृक्ष
पुस ९ मंगलबार, ११:४७ पूर्वाह्न
ललितपुरमा एक विद्यार्थीको हत्या

ललितपुरको च्यासलमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादमा चक्कु प्रहारबाट इन्जिनियरिङको चौथो सेमिस्टरमा अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खरेलले काउन्टरमा रहेका भट्टले चक्कु प्रहार गर्दा उनको मृत्यु भएको जानकारी दिएका छन् । प्रहरीले भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मृतक गुरुङ ललितपुरकै हिमालय कलेजमा अध्ययनरत थिए ।