Advertisement GIF
कल्पवृक्ष
पुस ९ मंगलबार, १२:२३ अपराह्न
अझै पनि बोक्सीको आरोप : महिलामाथि सामूहिक कुटपिट

कैलालीमा एक महिलालाई बोक्सीको आरोप लगाउँदै सामूहिक कुटपिट गरिएको छ । जिल्लाको भजनी नगरपालिकामा गाउँलेहरूको एक समूहले यही पुस ४ गते दिउँसो ३ बजे ३० वर्षीय महिलालाई घरबाट तान्दै घिसारेर लगेर मरणासन्न हुने गरी कुटपिट गरेको घटना भरखर सार्वजनिक भएको हो ।

कुटपिटबाट अचेत भएपछि उनलाई त्यही दिन बेलुका ५ बजे आफन्तले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई धनगढी रिफर गरियो । अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको होस आए पनि मानसिक रूपमा विक्षिप्त बनेकी परिवारले जनाएको छ । प्रहरी पनि कुटपिट गर्नेको पक्षमा रहेको खुलेको छ । यसको स्वतन्त्र छानविनको पीडित पक्षले माग गरेका छन् ।