Advertisement GIF
कल्पवृक्ष
पुस १० बुधबार, ८:१८ पूर्वाह्न
आज उच्च क्षेत्रमा हिमपात हुने

देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले आज (बुधबार) देशका उच्च क्षेत्रमा हिमपात हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
बिहान देशको मधेस, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बिहानको समयमा तराई तथा उपत्यका एक दुई स्थानमा हुस्सुरकुहिरोको लागेको छ।

आगामी २४ घन्टामा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सुरकुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।