मोरङको कटहरी गाउँपालिका– २ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । बलत्कारको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन् ।
मंगलबार मोरङको जहदा गाउँपालिका– ३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा वडा २ मा पर्ने खेतबारीबीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।
पपक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका– २ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।