Advertisement GIF
कल्पवृक्ष
पुस १० बुधबार, ८:३८ पूर्वाह्न
धरहराबाट एक महिनामा ५५ लाख राजश्व

गत महिना सार्वजनिक रुपमा चढ्न पाइने भएपछि राजधानीको धरहराबाट करिव ५५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गत मंसिर ९ गतेबाट धरहरामा चढ्न सार्वजनिक गरिएको थियो । बुधबार बन्द हुने र बाँकी छ दिन धरहरा चढ्न पाइन्छ ।

यो अवधिमा करिव ३५ हजार जनाले धरहरा चढेका छन् । १२ वर्षमुनिका बालबालिकालाई शुल्क नलिने हुँदा उनीहरुको तथ्याङ्क राखिएको छैन । युवादेखि वृद्धसम्म करिव ३१ हजार जनाले धरहराबाट राजधानीको अवलोकन गरिसकेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ लिने गरिएको छ । जसमा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने गरेका छन् ।