“पाँचथर समाजको ५ औं अधिवेशनले नयाँ कार्यसमिति समयमै दिन नसक्दा संस्थापक र सदस्यहरू मर्माहत भएका छन्। संस्थालाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने भन्दै तत्काल समाधानका लागि चार विकल्प प्रस्ताव गरिएका छन्। प्रस्तावमा नेतृत्व परिवर्तनको सुझावसँगै महिलाको सहभागिता वृद्धि र राजेन्द्रकुमार थाम्सुहाङलाई अध्यक्ष बनाउँदै समाजलाई उद्देश्य र गन्तव्यमा पु¥याउन सक्रिय बनाउने उपायहरू समावेश छन्।”

पाँचथर समाजको ५ औं अधिबेशनले समयभित्र नयाँ कार्यसमिति दिन नसकेको कारणबाट हामी संस्थापकदेखि सदस्यसम्म ज्यादै मर्माहत भएका छौं ।  यसरी संस्थालाई अनिर्णयको बन्दी बनाएर राख्नु अवस्य पनि उचित होइन । तपाईँहरु निबर्तमान अध्यक्ष र महासचिब पुनः पदमा जाने आफ्नो चाहनालाई अहिलेको लागि फिर्ता लिनु होला ।

बिगतमा पनि तपाइहरु समाजको जिम्मेवार पदमा रहेर तपाईहरुका ब्यबहारले हाम्रो मन कुड्याउनु भएको छ । कहिले तपाईहरु आफ्नै साथिलाई प्रहरीमा उजुरी गर्न जाने र कहिले आफै प्रहरीको कारवाहीमा परेको समचारले हामी पाँचथरेहरुलाई पीडा दिनु भएको छ । र, अब बन्ने नयाँ कार्यसमितिको निर्माणका लागि समन्वय गर्नलाई संयोजक बन्नु भएका आनन्दकुमार नेम्बाङले पनि संस्थाको नयाँ समिति ल्याउनलाई यसरी बिलम्ब गर्नु उचित भएन । यो समस्याको समाधान खोज्न र सहजताका लागि बिकल्प खोज्न पाँचथरेहरुलाई सल्लाह माग्नु प¥र्यो । अहिलेका सही विकल्पहरु यी हुन सक्छन् ।

एक नम्बर मा उपयुक्त निकाश यो हो कि सहमति र सहकार्यबाट अध्यक्ष पदमा निवर्तमान वरिष्ठ उपाध्यक्ष क्याप्टेन भीमबहादुर तावालाई र महासचिबमा निबर्तमान पूर्ब सचिब राजेन्द्रकुमार थाम्सुहाङलाई जिम्मेवारी दिँउ । दोस्रो विकल्पमा पूर्व सस्थापक उपाध्यक्ष कान्ता रिजाललाई अध्यक्ष को जिम्मेवारी दिएर कार्य समितिमा सबै महिलालाई ल्याउने जिम्मेवारी दिँउ । तेस्रो विकल्पमा संस्थाका निवर्तमान उपाध्यक्ष सुनिता श्रेष्ठ कुरुम्वाङर्लाइ अध्यक्षको जिम्मेवारी दिन सकिन्छ ।

चौथो विकल्पमा समाजका पूर्व सचिब राजेन्द्रकुमार थाम्सुहाङलाई अध्यक्षको जिम्मेवारी दिँउ । यसले उनका सबै पारिवार बुबव, दाजुभाइसमेतको समाज सेवामा समर्पित हुने जुन अथाह भावना छ, त्यसले यो समाजको उदेश्य र गन्तब्यमा पु¥याउनलाई कुनै ठूलो कुरा छैन ।