नेकपा एमालेबाट गण्डकी प्रदेशको पूर्व सांसद रहेकी मिना गुरुङ सहकारी ठगी प्रकरणमा पक्राउ परेकी छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत राखिएको रकम ठगी अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी यो सहकारीको संस्थापक अध्यक्ष र त्यसपछि उपाध्यक्ष रहेकी थिइन् । यो सहकारीबाट १ करोड ५४ लाख रूपैयाँ बढी रकम हिनामिना भएको छ ।