–बिना लिम्बू
कुक, अनामनगर युनियन हाउस
पछिल्लो समय किराँत समुदायमा ‘याङ्बेन’ निक्कै रुचाइएको मांसहारी परिकार बन्दै गएको छ । जडिबुटीको रुपमा लिइने र रुखमा लहरिने ‘झ्याउ’ देखि आवश्यक मसलालाई मिश्रण गरेर सुंगुरको मासु र रक्तीबाट यो परिकार बनाइन्छ ।
म याङ्बेन कसरी बनाउँदा स्वादिलो हुन्छ ? भन्ने विषयमा छोटो चर्चा गर्दैछु ।
याङ्बेन बनाउन आवश्यक सामाग्रीहरु
सुंगुरको मासु : १ किलोग्राम
झ्याउ : १ सय ग्राम
सुंगुरको रक्ती : ५०० ग्राम
बेसार : १ चम्चा
नुनः स्वादअनुसार
सुकेको खोर्सानी : स्वादअनुसार
जिरी : आधा चम्चा
अदुवा : १ टुक्रा
लसुन : १ पोटी
कुकिङ तेल : सानोमा आधा कचौरा
टिम्मुरको धुलो : आधा चम्चा
यी सामान तयार भएपछि मासु पकाउने तरिकाबाट नै याङ्बेन बनाउन सकिन्छ । सुरुमा तेल पाकेपछि मासुलाई केहीबेर भुट्ने, मसलाहरु लगाउने । त्यसपछि रक्ती र झ्याउलाई राम्ररी मल्ने । र, करिव १५ मिनेटपछि याङबेन तयार हुन्छ । यो झ्याउ मिश्रण गरेको कारण मासुको स्वाद उत्तम हुन्छ । बंगुरको मासुमा भएको बोसो पनि झ्याउले सोच्ने हुनाले हामीलाई यसले बोसकोका कारण स्वादमा कुनै कमी हुन दिन्न । जसकै कारण पछिल्लो समय किराँत समुदाय याङबेनप्रति आकर्षित भइरहेको पाइन्छ ।