नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसित ‘जोरी’ खोज्नेको के हाल हुन््रछ भन्ने पछिल्लो घटनाले देखाएको छ । यसअघि १५ वर्षसम्म माधवकुमार नेपाल नेकपा एमालेको महासचिव रहेर हालिमुहाली गर्न पाएका थिए । तर, जब एमालेमा केपी ओली हावी बन्दै गए, त्यसपछि भने नेपालको राजनीति नै कीनारा लाग्दै गयो । जसकै कारण उनले नेकपा एस

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसित ‘जोरी’ खोज्नेको के हाल हुन््रछ भन्ने पछिल्लो घटनाले देखाएको छ । यसअघि १५ वर्षसम्म माधवकुमार नेपाल नेकपा एमालेको महासचिव रहेर हालिमुहाली गर्न पाएका थिए । तर, जब एमालेमा केपी ओली हावी बन्दै गए, त्यसपछि भने नेपालको राजनीति नै कीनारा लाग्दै गयो । जसकै कारण उनले नेकपा एस त खोले । तर, त्यसमा भर्ति हुनेको संख्या कम थियो । अहिले भर्ति भएकाहरु पनि एमालेतिरै फर्कन थालेका छन् ।
त्यसपछि भारतको चाहनाविपरीत प्रधानमन्त्रीको करिव आधावर्ष कुसीमा बसेका झलनाथ खनालको पनि राजनीति कीनारमै पुग्दै छ । अर्थात उनी अब देशका कुनै क्षेत्रबाट निर्वाचनमा उठे भने पनि जित्ने छनक देखिन्न ।
अर्का एमालेमा रहँदा प्रभावशाली नेता बामदेव गौतमले एमाले फुटाएर माले बनाए । निर्वाचनमा एक सिट पनि जित्न सकेनन् र फेरि एमालेमै फर्किए । अब उनी नेकपा एसमा जान बार्गेनिङ गरिरहेका छन् । एमालेमा आउन केपीले नदिएपछि अन्तिम बिकल्पको रुपमा गौतम माधवको झुण्डतर्फ जान लागेको सबै नेपालीले बुझेकै छन् ।

यसपछि एमालेमा रहँदा र माधवका प्रिय पात्र भीम रावल मरिचजस्तै चाउरिन पुगे । किनकि उनको घमण्डले उनलाई ‘घर न घाट’ बनाएको छ । भरखरै एमालेले रावललाई पार्टी सदस्य पनि नरहने गरेर कारवाही गरेपछि उनी अब ‘कि मरिजानु कि माधव नेपालको झुण्डमा मिसिनु’ दोधारमा रहेका छन् । रावलसितै स्थायी कमिटी सदस्य ब्रिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उशाकिरण तिम्सिनालाई पनि ओलीको डण्डा परिसकेको छ । अर्थात उनीहरु पनि पार्टीबाट निस्कासित भइसकेका छन् ।

केपी ‘बा’ को अघि ‘फाइँफुइँ’ लगाउनेहरुलाई सधैं कीनारा लाइन्छ, भन्ने नबुझ्नेहरु दिनदिनै निशानामा पर्दैछन् । योक्रम जारी रहेमा आगामी २०८४ को निर्वाचनमा ‘बा’ ले सवक सिक्ने केही एमाले नेता तथा कार्यकर्ताहरुको बुझाइ छ । जे होस्, देशमा राजनीतिका चतुर खेलाडी केपी शर्मा ओलीले आफ्ना बिरोधीलाई कीनारा लाउन भने छोड्ने छैनन् । किनकि उनी पनि पूर्वका कुमाइ खलककै हुन् ।