Advertisement GIF
चीनले विश्वकै ठूलो विद्युत योजना निर्माण गर्ने : ७० हजार मेगावाट विजुली उत्पादन हुने

चीनले विश्वकै ठूलो विद्युत योजना निर्माण गर्ने भएको छ । समाचार एजेन्सीहरुका अनुसार तिब्बतको यारलुङ साङ्गपो नदीमा शक्तिशाली बाँध बाँधेर बिजुली निकाल्ने घोषणा चीनले गरेको हो । यो बाँधबाट थ्री गर्जेजबाट भन्दा तीन गुणा बढी बिजुली उत्पादन गर्ने प्रारम्भीक अनुमान गरिएको छ ।

यहाँ बाँध बाँधेर ३ सय अर्ब किलोवाट बिजुली उत्पादन गरिने छ । चीनको थ्री गर्जेज बाँधबाट ८८ दशमलव २ अर्ब किलोवाट (२२ हजार पाँच सय मेगाबाट) विद्युत उत्पादन हुने गरेको छ । अब बनाउने भनिएको योजनाबाट ७० हजार मेगावाटभन्दा बढी विजुली निकालिने छ ।