भारतको काङ्ग्रेस आईका नेता तथा पूर्व प्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । उनी सन् २००४ देखि २०१४ सम्म भारतका प्रधानमन्त्री भएका थिए।
राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल अस्पतालमा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। लामो समयदेखि बिरामी उनलाई बिहीबार साँझ स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। उनी प्रखर अर्थशास्त्रीका रुपमा चिनिन्छन् ।