पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको ११ औं फाल्गुनन्द फुटबल गेल्डकप प्रतियोगितामा राजधानीको न्युरोड टिम (एनआरटी ) टिम सेमीफाइनल प्रबेश गरेको छ । बिहीवार फिदिम माबिको खेलमैदानमा भएको अन्तिम क्वाटर फाइनल खेलमा सलेहश क्लब, सिराहालाइ टाइब्रेकरमा ५– ४ गोलको अन्तर निकाल्दै एनआरटी सेमिफाइनलमा पुगेको हो ।
यो प्रतिगोगितामा फिदिम र्स्पोटिङ क्लब, मच्छिन्द्र क्लब र चर्च व्वाइज युनाइट आफ्नो खेल जित्दै यस अघिनै सेमीफाइनल प्रबेश गरेका छन् ।
प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा भोली आयोजक फिदिम र्स्पोटिङले चर्च व्वाइज युनाइटेडको सामना गर्ने छ । प्रतियोगिताको विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपौयाँँ नगद पुरस्कार पाउने छन् ।