धार्मिक सम्मेलन २०८१ काठमाडौ
(कार्यपत्र)
धार्मिक र नश्लिय शुद्धता अभियान !!
“हामीटिक सिद्धान्त देखि आर्य अप्रवासनको सिद्धान्त हुँदै रुवाणडा र श्रीलंकाको नरसंहार सम्म !
जसरी नेपाल र भारतमा आर्य जाति बाहिर बाट आएर यहाँ सभ्यताको विकास गरेको हो भनेर गोरा अंग्रेजहरुले मानव अप्रवासनको सिद्धान्त आर्य अप्रवासनको (Aryan Invasion Theory) तयार गरेको जस्तै त्यहाँ चाहिँ “हामीटिक हाइपोथेसिस“ को सिद्धान्त तयार गरेको थियो ।“हामीटिक“ शब्द ऐतिहासिक र बाइबलिक सन्दर्भमा प्रयोग गरिएको एक शब्द हो, जसले हाम (ज्बm) नामक बाइबलिक पात्रको सन्तानसँग सम्बन्धित जातिहरूलाई जनाउँछ) ।
सन् १९३० मा चार्ल्स गेब्रियल सेलिगम्यानले आफ्नो पुस्तक Races या Africa “हामीटिक सिद्धान्त” लाई विभिन्न जातीय समूहहरूको उत्पत्तिको व्याख्या गर्दै अफ्रिकी सभ्यताका धेरै उपलब्धिहरू बाह्य हामीटिकहरूको योगदानले सम्भव भएको हो भन्दै अफ्रिकाको प्राचीन विज्ञान, कला, र सभ्यता संस्कृतिको विकास कुनै कालो वर्णको मान्छेले नभई कुनै मध्यपुर्व बाट आएको “श्वेत” र “आर्य” जाति समूहबाट भएको हो पछी ती जाति बिस्तारै कालो वर्णको बन्दै गएको हो भनेर रुवाण्डामा तुत्सी जातिलाई, इथियोपियामा अम्हारा र टिग्रे जातिलाई, हैटीमा मुलाटो (Mulatto) जातिलाई, नामिबियामामा ओभाम्बो र हेरो समुदायलाई मध्य पुर्व बाट आएको मानिसको समुह भनियो भने तान्जानियामा हहा (Haya), चागा र न्यामवेजी जातिलाई र दक्षिण अफ्रिकामा “बंटु” जातिलाई त्यस्तै अंगोलामा बन्तु जाति र घानामा ग्रेटे जातिलाई युरोप वा मध्य एसिया बाट आएको जाति हुन् भनेर वर्गीकरण गरियो ।
पश्चिमी गोराहरुले अफ्रिकामा गएर एउटै अश्वेत वर्ण समुदायको मान्छेलाई एउटालाई कुनै बखतका आफ्नै वंशको भनेर इतिहास बनाई दिएपछि त्यसरी बनाई दिएको काला जातिहरुमा इसाईकरण गराउन पनि सजिलो हुनेभयो अर्को बिस्तारै एउटा काला जातिमा म त सभ्य मुलुक बाट आएको नश्ल हुँ भन्ने अहंकार पलाउन पुग्छ भने अर्को जातिमा त्यो जाति प्रति घृणा र आक्रोश उम्लनु सुरु हुन्छ ।
अफ्रिकामा आफ्नो उपनिवेशिक शासनलाई दीर्घकाल सम्म कायम राख्न युरोपेली गोराहरुले १९ औं शताब्दी र २० औं शताब्दीको सुरुमा चलाएको “हामीटिक हाइपोथेसिस” सिद्धान्तले बिस्तारै जातीय अन्तर्विरोध बढ्दै गएर त्यसको ठिक एक शताब्दी पछी २० औं शताब्दीको अन्तिम दशकमा आएर सन् १९९४ मा रुवाणडामा भीषण जातीय नरसंहार हुनपुग्छ जसमा १० लाख रुवाणडाली नागरिकहरुले ज्यान गुमाउन पुग्छ ।
यो नरसंहार पछी गोराहरुले एक शताब्दी अगाडि काल्पनिक रूपमा खडा गरिदिएको “हामीटिक हाइपोथेसिस” सिद्धान्त किन प्रतिपादन गरेको रहेछ भनेर धेरै पछी मात्रै आएर अफ्रिकी बुद्धिजीवी शिक्षित बर्गले चाल पाउन पुग्छ तर त्यतिबेलासम्म अफ्रिकी समाजले धेरै गुमाई सकेको हुन्छ जुन अब प्राप्त गर्न धेरै गाह्रो छ ।
दोस्रो विश्वयुद्धपछि हामिटिक हाइपोथेसिस सिद्धान्त आनुवंशिकी, मानवविज्ञान, इतिहास र सामाजिक अध्ययनको आधारमा नगरीकन काल्पनिक रूपमा गरिएको जसको वैज्ञानिक, ऐतिहासिक, र सामाजिक दृष्टिकोणबाट यो सिद्धान्त पुर्णतः अस्वीकार गरिएको थियो ।
जैविक आनुवंशिकीविद् अमेरिकी बैज्ञानिक R= C= LEWONTIN भन्ने बैज्ञानिकले आफ्नो सोध ग्रन्थ THE GENETIC BASIS OF EVOLUTIONARY CHANGE भन्ने आफ्नो सोध ग्रन्थ देखि कार्लोस लुइस गिनविच, थियोडोर ए. डेविडसन एवं फ्रान्ज बोआस (Franz Boas) मानवविज्ञानीले आफ्नो पुस्तक Race, Language, and Culture (1940) मा उनले युरोपेलीहरुले जातीय
भिन्नताहरूको सामाजिक व्याख्यालाई गलत गरेको भन्दै अफ्रिकी र सेमिटिक जनजातिहरूको बीचमा कुनै विशेष जैविक रूपमा उच्चता निचता र भिन्नता छैन भनेर बैज्ञानिक रूपमा अनुसन्धान गरेर प्रमाण सहित खंडन गरेर सावित गरेर दिएका थिए ।
पश्चिमी गोराहरुले आफ्नो उपनिवेशलाई दिगो तुल्याउन गरेको यो नश्लको आधारमा जातीय विभाजन जसरी दक्षिण अफ्रिकी महादेशमा गरेका थिए ठिक त्यसैगरी भारतीय महाद्वीपमा पनि एउटा जातिलाई बाहिर बाट आएको उच्च र सभ्य शरणार्थी जाति भन्ने अर्कोलाई यहीँको रैथाने आदिवासी जनजाती भनेर वर्गीकरण गर्ने जुन रणनीति अफ्रिकामा २० औं शताब्दीको उत्तरार्धममा अप्नाएको थियो, ठिक त्यही समयमा दक्षिण एसियाली देशमा पनि आर्य अप्रवासनको (Aryan Invasion Theory) सिद्धान्त तयार गरेको थियो ।जसको कारण एक लाख मान्छेको मृत्यु भएको थियो जुन तामिल र सिंहली जातिको जातीय नरसंहारले कुख्यात छ ।
श्रीलंकामा नरसंहार !!
अमेरिकामा सन् १९५० मा थियोसोफिकल सोसाइटी नामक संस्था खोलेर अमेरिकी नागरिक कर्नल हेनरी स्टिल ओलकट,मैडम हैलीना ब्लावाट्स्की सन् १८८० मा बौद्ध धर्ममा प्रवेश गरेर श्रीलंका छिर्छन् । उनीहरुले बौद्ध धर्मको पुनर्जागरण गर्ने भनेर थुप्रै बौद्ध स्कुलहरु खोल्छ, बौद्ध ग्रन्थहरु उल्था गर्ने बौद्ध संघसंस्थाहरु खोलेर धार्मिक जागरणको नाउँमा काम सुरु गर्छ। यसरी श्रीलंकाको सबै बौद्ध धर्मावलम्बीहरुले उनलाई आफ्नो उद्धारकर्ता मुक्तिदाताको रूपमा हेर्छन् ।
कर्नल हेनरी स्टिल ओलकट, मैडम हैलीना ब्लावाट्स्कीले श्रीलंकामा बौद्ध धर्म असुद्ध भएको, छ्यासमिस भएको बौद्धदर्शन र सिद्धान्त विपरीत भएको भन्दै बौद्ध धर्मलाई शुद्धिकरण गर्नुपर्छ भनेर बौद्ध धर्म सुद्धिकरण अभियान चलाउन सुरु गर्छ ।यसका लागि थियोसोफिकल सोसाइटीले एकजना पढेलेखेका सिंहली नागरिक भिक्षु अनगारिक धर्मपाललाई अगाडि सारेर अगुवा बनाउँछ । उनलाई जर्मन भाषाशास्त्री म्याक्स म्युलरले प्रतिपादन गरेको आर्य आक्रमण सिद्धान्त (Aryan Invasion Theory) पढेको हुन्छ त्यसैले ऊनी आफुलाई मध्य एसिया बाट आएको उन्नत गोरा आर्य नश्लको जाति र आफ्नो वरिपरि रहेकोे कालो वर्णको तामिल जातिलाई अनार्य हुन भनेर भास्य लगाउन सुरु गर्छ ।
ऊनी बुद्ध पनि आर्य नश्ल कै भएको र श्रीलंकामा रहेकोे सिंहली जातिहरु पनि उत्तर भारत बाटै आर्य जातिको एक झुन्ड आएर बसेको भन्ने ठान्थे । धर्मपाल बौद्ध धर्मलाई आर्य जातिको उपलब्धि मान्दै सिंहली बौद्धहरूलाई शुद्ध र उच्च जातीय समूहका रूपमा चित्रण गरेर श्रीलंकामा रहेकोे तामिल जातिहरुलाई तल्लो असभ्य जातिको रूपमा हेर्दै बुद्ध धर्मलाई नश्लियकरण गरेर सिंहली बौद्ध राष्ट्रवादको अवधारणा तयार गर्छ ।
भिक्षु अनगारिक धर्मपाल अनार्य तामिल भन्दा सिंहली उच्च र सभ्य ठान्थे त्यसैले उनलाई श्रीलंकाको राष्ट्रियता माथिको खतरा इसाई मुस्लिम संगै अनार्य तामिल समुदाय बाट पनि खतरा देख्न पुगे। नश्लवाद बाट ग्रसित भएर उनले तामिल जातिलाई हादी देमालू (गन्धा तामिल) भन्न सुरु गर्यो (भारत विखण्डन–obeysekere192,152) भिक्षु अनगारिक धर्मपाल आफ्नो सिंहली नश्ल उत्तर भारतको आर्य भएकोले ऊनी सिंहली हुनुभन्दा उत्तर भारतीय हुनुमा गर्व गर्थे – “धर्मपालले आफ्नो अघिल्लो जन्ममा भारतमा जन्म भएको विश्वास राख्थे र कर्म र पुनर्जन्मका कारण आफूलाई भारतीय मान्थेः “मेरो अघिल्लो जन्ममा म भारतमा जन्मेको विश्वास गर्छु,” उनले लेखेका थिए, “र जहाँ म जन्म लिन सकिन्थें त्यहाँ कुनै बौद्ध परिवार थिएन, त्यसैले मैले कोलम्बोको अग्रणी बौद्ध परिवारमा जन्म लिएको हुँ” (डायरी, २ नवम्बर, १९२७)। यसैले उनलाई भारतीय ब्राह्मण परिवारमा पुनर्जन्मको इच्छा थियो। उनले विश्वास गरेका थिए कि भविष्यका बुद्ध बनारसमा ब्राह्मण परिवारका पुत्रको रूपमा जन्मिनेछन् । – (२)
यसबाट बुझ्न सकिन्छ धर्मपालको मनोदशा कस्तो थियो भनेर ! उनलाई ब्राह्मण भनेको मध्ये एसिया युरोप बाट आएको गोरा जातिकै वंशज भन्ने भ्रमले आफू कालो भए पनि पुर्व जुनी गोरो वर्ण कै भएको सपनामा दौडिरहेको थियो भन्ने कुरा यहीँबाट बुझ्न सकिन्छ ।धर्मपाललाई गोरा छाला भएका अंग्रेजहरु भनेको उच्च नश्लको हुन्छन् भन्ने थियो त्यसैले गोराहरु मध्ये पनि बेलायती गोराहरु झन् उन्नत लाग्ने गरेको थियो । “उनले बेलायती उपनिवेशवादलाई “विदेशी शासनको सबैभन्दा राम्रो उदाहरण” भनेका थिए।
ब्रिटिशहरूलाईउनले “युरोपेली जातिहरूमा सबैभन्दा प्रबुद्ध, सबैभन्दा परोपकारी, र सबैभन्दा संस्कृत” मान्थे । उनले यो पनि सोच्थे कि अंग्रेजी कुलीन वर्ग फ्रेन्च र इटालियन वर्गको तुलनामा बढी आकर्षक छन्, र यसलाई उनले तिनीहरूको बाहिरी जीवनको कारण भन्नु भएको थियो (सारनाथ नोटबुक नं. ४)। अर्कोतर्फ, उनले ब्रिटिश र भारतीय उपनिवेशी जनताको बीचमा एक अप्रिय भेदभाव गरेको पाएः “भारतले आफ्नो स्थान गुमाएको छ यसको सन्तानहरूको अनैतिकताका कारण। ब्रिटिशहरू आफ्नो उच्च नैतिकताका कारण भारतलाई नियन्त्रण गरिरहेका छन ।” (सारनाथ नोटबुक नं. २३२)
उनले अगाडि लेखेका छन् कि सम्पन्न सिङ्हलिजहरूले इंग्ल्याण्ड जानु पर्छ ताकि तिनीहरूको श्रीमतीहरू विदेशमा बच्चा जन्माउन सकून् र तिनीहरूको बच्चा “इंग्ल्याण्डका नागरिक” बनून् (डायरी, ३० अप्रिल, १९२६२) धर्मपालको हास्यास्पद मनोदशा यति शब्द बाट बुझ्न सकिन्छ की श्रीलंकाली सम्पन्न नागरिकहरु बेलायत गएर त्यतै बालबालिका जन्माएर गोरा जाति जस्तो रहनसहन पहिरन लगाएको सिंहली देख्ने सपना बुन्ने गरेको बुझ्न सकिन्छ ।
सन् १८९७ मा उनले एक सपना देखे जसलाई उनले टिप्पणी नगरी रेकर्ड गरेका थिए, “सपना… मैले इंग्ल्याण्डको रानीलाई देखे र उनको हातमा हात राखे र म आमाको नजिक छोराले बसे जस्तो महसुस गरें।“ (डायरी, मार्च २२, १८९७२)(२ स्रोत – Rescued from the Nation: Anagarika Dharmapala and the Buddhist World (STEVEN KEMPER) माथिल्ला संक्षिप्त विवरणहरु भिक्षु अनगारिक धर्मपालको मनस्थिति उनको बौद्धिक स्तरलाई बुझ्न एउटा सानु उदाहरण हुन् । उनको पश्चिमी गोरा छाला प्रतिको यतिविधी भक्तिभाव त्यो बाल्यकालमा इसाई स्कुलमा पाएको शिक्षा र थियोसोफिकल सोसाइटीले दिएको नश्ल विभाजन र मानव अप्रावसनको सिद्धान्तले काम गरेको थियो, त्यसैले ऊनी जन्मले श्रीलंका भए पनि सपनाहरू चाहिँ गोरो छाला भएको देख्ने गर्थे ! कालो वर्णको तामिल जाति उनको लागि कुनै दैत्य वा असभ्य जंगलीहरुको सभ्यता ठान्न पुग्थ्यो उनलाई थियोसोफिस्टहरुले दिइएको पश्चिमी एकेश्वरवादी धर्मको प्रभाव कतिसम्म थियो भनेर बुझ्न एक ठाउँमा ऊनी लेख्छन् – “म एक प्रकारले मूर्तिपूजक विरोधी थिएँ र मैले अनार्य देवतासँग मजाक गर्थें । म ज्योतिषशास्त्र, हस्तरेखा, आदि कुरामा विश्वास गर्दिन थिएँ।“ (सारनाथ नोटबुक नं. ४) त्यो अनार्य देवता भनेको आफ्नै सिंहली पुर्वजहरुले पुजा गरिदै आएको देवी देवताको मुर्तिलाई उनले अनार्य देवता भनेका हुन् ।गोराहरुले बिना बैज्ञानिक प्रमाण सिंहली र तामिल एकै सभ्यताको जातिलाई एउटालाई आर्य नश्लको र अर्कोलाई द्रवीड नश्लको भास्य तयार गरेको यो भ्रमपुर्ण भास्य बर्तमानमा आएर बिज्ञानको अगाडि सबै धुलोपिठो भएको छ ।
यी दुई समुदायहरूका बीचको जेनेटिक समानताको अध्ययन मितोकन्ड्रियल डीएनए (mtDNA) र य–क्रोमोसोमल डीएनए (Y–DNA)जून २००२ मा अफ्रिकन र एशियाली जनसंख्याको जीनोमिक प्रभावको विश्लेषण गर्दा सिंहली र तामिल समुदायहरूको जेनेटिक संरचनामा समानता देखाएको अध्ययन प्रतिवेदन “The molecular evidence for the origins of modern humans (Homo sapiens)” शीर्षकमा प्रकाशित भएको थियो । सन् २००५ मा, National Institute या Genetic Engineering and Biotechnology (Iran) को एक अध्ययनले दक्षिण एशियाली पुरुषहरूको Y–DNA मा समानता देखाएको थियो ।यस अध्ययनले सिंहली र तामिल समुदायहरूबीचका जेनेटिक सम्बन्धहरूको बारेमा पनि थप स्पष्टता पारेको थियो ।
सिंहली र तामिल समुदायहरूका बीच जेनेटिक समानता र साझा उत्पत्तिको पुष्टि सन् १९९०को दशकको अन्त्यदेखि सन् २००० को दशकको सुरुवातमा विभिन्न अन्तर्राष्ट्रिय जैविक र जेनेटिक संस्थाहरू, जस्तै International Journal of Human Genetics / Human Genetics, ले सिंहली र तामिल समुदायहरूका जेनेटिक समानताका विषयमा अनुसन्धान गरेर मितोकन्ड्रियल डीएनए र यक्रोमोसोमल डीएनए विश्लेषणको माध्यमबाट सिंहली र तामिलहरूको एउटै वंशको पृष्ठभूमि भएको प्रमाणित गरेको थियो ।सिंहली र तामिल जातिलाई गोराहरुले आर्य र अनार्य नश्लको रूपमा विभाजन गरेर दिइएको शिक्षाले भिक्षु अनागरिक धर्मपाल प्रभावित भएर उनले श्रीलंकामा चलाएको धार्मिक साँस्कृतिक नश्लिय शुद्धताको आन्दोलन र जातीय नश्ल विभाजनको भास्यकरणले शताब्दीऔं देखिन मिलिजुली बसोबास गर्दै आइरहेको समन्वयात्मक साझा संस्कृतिमा रमी रहेकोे सिंहली समाज र तामिल समाजमा विभाजनको धर्सो तानेर कित्ताकाट गर्दै छुट्याउने जुन काम भिक्षु अनागरिक धर्मपालले गरेको थियो उनको त्यो परियोजनाले बिस्तारै अगाडि बढ्दैगएर श्रीलंकामा जातीय धुर्विकरण लिँदै गएपछि अन्ततोगत्वा श्रीलंकामा तामिल टाइगर (LTTE) को नाउँमा जातीय द्वन्द हुनपुग्यो जसले सन् १९८३ देखि २००९ सम्म करीब एक लाख सर्वसाधारण मानिसहरूको मृत्युको कारण बन्न पुगेको थियो ।
पश्चिमी गोराहरुले श्रीलंकाली बौद्ध गुरु धर्मपाललाई अगाडि सारेर धार्मिक शुद्धता अभियान भन्दै सदियौं देखिन साझा साँस्कृतिक चाडपर्व, साझा स्थानीय देवी देवताहरु मान्दै आइरहेको श्रीलंकाली समुदायहरुलाई श्रीलंकाली बौद्ध माथि हिन्दुकरण भएको, हिन्दुको प्रभाव भएको, छ्यासमिस धर्म भएको ! बौद्ध धर्मलाई शुद्धता बनाउन पर्छ सिंहली आर्य नश्ललाई शुद्धता कायम गर्नुपर्छ भन्दै सन् १८९० देखि सिंहली समाजलाई अलग्याउन सुरु गरेको कारण बिस्तारै हिन्दु बौद्ध समन्वयात्मक समाजको दुरी बढ्दै जान थाल्यो, धर्ममा विभाजन क्रमशः आउन थाल्यो, धार्मिक विभाजनले साँस्कृतिक विभाजन हुन थाल्यो, साँस्कृतिक विभाजनले समुदाय विभाजन हुन पुग्यो अन्ततोगत्वा विभाजित समाजलाई देशीविदेशी शक्तिले प्रयोग गरेर सन् ८० को दसक देखि जातीय द्वन्द्व सुरु गरायो र सन् २००९ सम्म आइपुग्दा एक लाख सिंहलीहरुको मृत्युको कारण बन्न पुग्यो !! देश त ध्वस्त भयो भयो सामाजिक कटुता जातीय मनोमालिन्य एकताको भाव पनि मरेर गयो। श्रीलंका शताब्दीऔं सम्म माथि उठ्न नै नसक्ने गरेर थेचरेर बस्न पुग्न गयो।
नेपालमा धार्मिक शुद्धता आन्दोलन !!
नेपालमा पनि धार्मिक शुद्धता जातीय नश्लिय शुद्धता आन्दोलन २०४७ मा बहुदलिय व्यवस्था आए संगै सुरुवात भएको थियो, बहुदलीय व्यवस्था आएर होइन बहुदलीय व्यवस्थाको खुल्लापनको फाइदा उठाएर छिरेका देशीविदेशी गैरसरकारी संस्था छिरे संगै नेपालमा धार्मिक जातीय नश्लिय शुद्धता आन्दोलन सुरु गरेको थियो ।
यो आन्दोलनले बौद्ध मान्ने भए शुद्ध बौद्ध मान्नपर्छ छ्यासमिस मान्न हुन्न ! किराँत मान्ने भए शुद्ध किराँत मान्नुपर्छ छ्यासमिस खिचडी मान्न हुँदैन भन्दै एउटा समुदायलाई नेपालको चाडपर्व बाहिस्कार गराउन सुरु गरेको छ यो त्यही श्रीलंकामा सन् १८९० बाट गोराहरुले सुरु गरेको परियोजनाको एक भाग हो ।
रातो टीका लगाउन हुँदैन, दसैं मान्न हुँदैन, टोपी लगाउन हुँदैन हामी मंगोल नश्लका हौं पल्लो घरे बाहुन आर्य नश्लका हुनाले मंगोल र आर्यको आआफ्नो चाडपर्व अलगअलग हुन्छ हुनुपर्छ भन्दै आज जुन अभियान चालु गरेको छ वा गरिरहेको छ यो त्यही रुवाणडामा गोराहरुले सन् १८१६ तिर चलाएको “हामीटिक हाइपोथेसिस“ को नश्लिय विभाजनको सिद्धान्त र श्रीलंकामा अमेरिकी नागरिक कर्नल हेनरी स्टिल अलकोट द्वारा चालिएको शुद्ध बौद्ध बनाउने पश्चिमी एकेश्वरवादी अब्रहामिक दर्शनको एक हिस्सा हो र यस्ता अभियानले हामीलाई पुराउने भनेको रुवाणडाको नरसंहार र श्रीलंकाली गृहयुद्धमा नै पुराउने हो पुराउन खोजिएको पनि त्यहीँ हो ।
धन्यवाद।