Advertisement GIF
कल्पवृक्ष
पुस १३ शनिबार, १०:४२ पूर्वाह्न
पूर्वन्यायाधीश वस्तीको निधन

प्रकाश वस्तीको हृदयघातका कारण निधन भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश उनको शुक्रबार (हिजो) राति निधन भएको परिवारले जनाएको छ । उनलाई हृदयघातपछि थापाथलीको नर्भिक अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

वस्तीका छोरा अमेरिकामा छन् । उनी आएपछिमात्र अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।