Advertisement GIF
कल्पवृक्ष
पुस १३ शनिबार, १०:५७ पूर्वाह्न
धवल आइतवार देश फर्कने : क्यान्सर जितेको अवस्था

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणा आइतबार (भोलि) देश फर्कने भएका छन् । भारतको टाटा क्यान्सर अस्पतालमा क्यान्सरको उपचाररत उनी स्वास्थ्यमा सुधार आएसँगै आइतबार नेपाल फर्किने भएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– ुअन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।