माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद ३२ वर्ष कायम हुने भएको छ । ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेबारे निर्णय लिन भएको निर्वाचनमा २१ मतले उमेर हद कायम गर्नु पर्ने पक्षमा मत आएको हो । हदको पक्षमा ९०० मत आएकोमा विपक्षमा ८७९ मत आयो । प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधानका अनुसार अब ३२ वर्षे उमेर हदबाट नेतृत्व चयनका लागि माघ १२ गते मतदान हुनेछ ।