Advertisement GIF
कल्पवृक्ष
पुस १५ सोमबार, ८:४७ पूर्वाह्न
प्रतिनिधि सभा : सचिवमा हर्कराज राई

प्रतिनिधि सभाको रिक्त सचिव पदमा झापाका हर्कराज राईलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।
सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष झापाका राईलाई प्रतिनिधि सभाको सचिव नियुक्त गर्न सिफारिश गर्नुभएको हो । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि यो पद रिक्त थियो ।

झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ ।