Advertisement GIF
फाल्गुनन्द गोल्डकप फाइनल : चर्च व्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीच भिडन्तहुँदै

पाँचथर सदरमुकाम फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको उपाधिको लागी दुई ए डिभिजनका चर्च व्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल क्लवबीच आजा (सोमबार) फिदिम माबिको खेल मैदानमा प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीको २०७९ सालमा भएको ए डिभिजन लिग बिजेता चर्च व्वाइज युनाइटेड र उपबिजेता मच्छिन्द्र फुटबल क्लब यो सिजन मौफसलमा भएका प्रतियोगितामा पहिलो पटक उपाधिको लागी प्रतिस्पर्धा गर्न लागेका हुन् ।

व्वाइज युनाइटेडले सेमिफाइनलमा आयोजक फिदिम स्र्पोटिङ क्लब लाई हराउँदै फाइनल प्रवेश गरेको हो । मच्छिन्द्रले अर्को उपाधि दाबेर न्युरोड टिमलाई सेमिफाइनलमा हराउदै चर्च व्वाइज युनाइटेडसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

टिम चर्च ब्वाइज सँग ३ बिदेशी खेलाडी सहित एकराज बुढाथोकी, समिम तामाङ र बेन्चबाट राष्ट्रिय खेलाडी अन्नत तामाङ तामाङको साथ रहनेछ । ४ गोल गरेका समित तामाङ चर्च ब्वाइजका मुख्य हतियार हुन् । ४ गोल नै गरेका बिदेशी खेलाडी आर्मान्ड चर्च ब्वाइजका मुख्य खेलाडी हुन् । २ गोल र १ प्लेयर अफ म्याच जितेका बिदेशी खेलाडी अमियामीले चर्च ब्वाइजलाइ थप सशक्त बनाएको छ ।

गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने छन् ।