Advertisement GIF
सीमान्तकृत महिला सांसद मञ्च गठन : अध्यक्ष कमला विश्वकर्मा

देशमा न्यून संख्यामा रहेका (सिमान्तकृत) समुदायको हक अधिकार, संविधानिक कानूनी विमर्श र राजनीतिक पहलका लागि सीमान्तकृत समुदायका महिला पूर्वसांसदहरूले सीमान्तकृत महिला सांसद मञ्च गठन गरेका छन् । राजधानीमा संविधानसभा सदस्य र पूर्वसांसदहरूले मञ्च गठन गरेका हुन् ।

मञ्चको अध्यक्षमा संविधानसभा सदस्य कमला विश्वकर्मा , उपाध्यक्षमा श्रीमाया थकाली, दुर्गा परियार र कौशल शाह, महासचिवमा तुलसा राना र सचिवमा पार्वतीकुमारी बिसुङ्खे चयन भएका छन् । मञ्चका सदस्यमा मिलन राजवंशी, उमा गोठे, आशा विक, निरा जैरु, राज्यलक्ष्मी श्रेष्ठ, बबिना मोक्तान, नमिता चौधरी र मणि खम्बु किराती रहेका छन् ।

त्यस्तै, भेलाले ओनसरी घर्ती, अष्टलक्ष्मी शाक्य, जयपुरी घर्ती, सीता गुरुङ, जयन्ती राई, टेकु नेपाली र मीना पुनलाई मञ्चको सल्लाहकार चयन गरेको छ ।