Advertisement GIF
कल्पवृक्ष
पुस १६ मंगलबार, ९:०६ पूर्वाह्न
चर्च ब्वाइजले चुम्यो फाल्गुनन्द गोल्डकप

पाँचथर सदरमुकाम फिदिममा सञ्चालित एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले हात पारेको छ । चर्च ब्वाइजले फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउदै उपाधि जितेको हो ।

फिदिम माबिको खेलमैदानमा भएको फाइनल खेलमा निर्धारीत ९० मिनेटको खेल २÷२ गोलको को बराबरी भए पछि खेलको निर्णय टाइबेक्ररबाट गरिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजको लागी एकराज बुडाथोकी, रोहण कार्की, अवियामी, छिरीङ लामा र सुजन ढङगोलले गोल गरेका थिए ।
मच्छिन्द्रको लागी देबेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समीरराज थोकरले गोल गर्दा दयानन्दको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले रोकेका थिए ।

जितसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ दि म्याच मच्छिन्द्रका शनिष श्रेष्ठ भए । उनले नगद रु १० हजार हात पारे ।