शस्त्र प्रहरी बल, नेपालका एक निरीक्षकको बसले थिचेर मृत्यु भएका छ । सर्लाहीमा यात्रुबाहक बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो ।
मंगलबार राति करिव १० बजे बाप्र ०१–००६ ख २००४ नम्बरको बस अनियन्त्रित भएर पल्टँदा ड्युटीमा खटिरहेको समयमा तुलाधरको बसले थिचेर मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलरा नगरपालिका – ९ स्थित बीओपीको गेटअगाडि बस पल्टिँदा उनी च्यापिएका थिए ।