प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्य, भिमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा दुईजना प्रहरी नायव महानिरीक्षक (डिआइजी) विकासराज खनाल र डा देउती गुरूङलाई प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका छन् ।
२०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्य पुस १६ गते, २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक ढकाल मंसिर २८ गते, २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक केदार ढकाल मंसिर २२ गते र प्रहरी अतिरिक्त महानिरीक्षक भरतबहादुर बोहरा पुस १४ गते सेवानिवृत्त भएका हुन् ।
यस्तै २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक विकासराज खनाल वैशाख ७ गते र २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक डा देउती गुरूङ पुस १५ गते सेवानिवृत्त भएकी हुन् ।