सरकारले मनोनयन गरेर पठाउन खोजिएका पाँच देशका राजदूतहले शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराएका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार सपथ लिने राजदूतमा प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम र सुम्निमा तुलाधर डेनमार्क रहेका छन् । उनीहरुले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।