Advertisement GIF
कल्पवृक्ष
पुस १८ बिहीबार, २:३६ अपराह्न
बालगायक सचिन परियारको निधन

बालगायक सचिन परियारको निमोनियाका कारण आज (बिहीबार) बिहान निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो ।

परियारको ५ दिनदेखि अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो । सिभियर निमोनियाका कारणले पल्मोनरी ह्यामेरेज भएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ । १३ वर्षीय उनी भाइरल बालगायकका रुपमा परिचित थिए ।