बझाङमा भएका सडक दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ । बिहीवार राति जिल्लाको तलकोट गाउँपालिका–२, सुकगाडमा जिप दुर्घटना हुँदा चालकसहित चार जनाको र कोटदेवलमा एक जनाको मृत्यु भएको हो ।
सुकगाडमा से१ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बमबहादुर धामी, ७२ वर्षीया जोगेनीदेवी धामी र मृतक बमबहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको हो ।