नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरिएको छ ।
बढुवा सिफारिसमा अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत ईश्वर कार्की, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका राजेन्द्रप्रसाद भट्ट, लागुऔषध नियन्त्रण ब्युरोका दिनेशकुमार आचार्य, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत अरूण पौडेल र मानवस्रोत विकास विभागमा कार्यरत गोबिन्द थपलिया परेका छन् ।