गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजना गरिमा समृद्घि योजनाको इकाई बाँडफाँड भएको छ ।
गरिमा समृद्घि योजनाको बीज पुँजीसहित प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरको १० करोड रुपैयाँ इकाई यही पुष ७ गतेदेखि ११ गतेसम्मका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभर रितपूर्वक आवेदन दिनुभएका ९४ हजार ६ सय ८१ जना आवेदकमार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो ।
आवेदकहरुलाई ‘धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका– २०७४’ को अधिनमा रहेर बाँडफाँड गरी बीजपूँजीसहित योजनाको आकार १ अर्ब २५ करोडअर्थात १२ करोड ५० लाख इकाई कायम गरिएको जनाइएको छ ।