पुस १९ शुक्रबार, ५:४३ अपराह्न

एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपा (नेकपा) लाई फुटाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा ल्याएको अध्यादेशकै कारण माधवकुमार नेपाल (माकुने), झलनाथ खनाल, बामदेव गौतमसमेतका १० भाइले नेकपा फुटाए र त्यसमा पश्चिमाहरुले राम्रो खेल खेलेर आफ्नो नियन्त्रणमा रहेको सर्वाेच्च अदालतलाई प्रयोग गरे । जसकै कारण एमालेबाट डराएका शक्तिहरु (पाँच दल) मिलेर २०७९ को निर्वाचनमा होमिए । त्यसको नतीजा उनीहरुको पक्षमा भने राम्रो आएन ।

✍  सुरेन्द्र सुवेदी

सरकारले हिउँदे अधिवेशनलाई परपर सार्दै राजनीतिक दल विभाजन गर्ने अध्यादेश ल्याउने चर्चाले बजार तताएको छ । नेकपा एमालेबाट चोइटिएर गएको माधवकुमार नेपालको ‘झुण्ड’ अर्थात नेकपा एस भनेर चिनिने समूहका संघीय संसदका १० सांसदमध्ये ५ देखि ६ जना त्यो झुण्ड छोडेर एमालेमै फर्कने तयारीमा रहेको अवस्था छ । यही ‘मेसो’ मा एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओली हिउँदे अधिवेशन पर सारेर अध्यादेश ल्याउने अन्तिम तयारीमा छन् ।

एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपा (नेकपा) लाई फुटाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा ल्याएको अध्यादेशकै कारण माधवकुमार नेपाल (माकुने), झलनाथ खनाल, बामदेव गौतमसमेतका १० भाइले नेकपा फुटाए र त्यसमा पश्चिमाहरुले राम्रो खेल खेलेर आफ्नो नियन्त्रणमा रहेको सर्वाेच्च अदालतलाई प्रयोग गरे । जसकै कारण एमालेबाट डराएका शक्तिहरु (पाँच दल) मिलेर २०७९ को निर्वाचनमा होमिए । त्यसको नतीजा उनीहरुको पक्षमा भने राम्रो आएन ।

त्यो ‘इगो’ को तुस अहिले पनि केपी शर्मा ओलीसित जिवितै छ । त्यसैले उनी अहिले अध्यादेश ल्याएर भएपनि माकुनेको पर्टी र केही मधेशवादी पार्टीका सांसदलाई एमालेतिर ल्याउन भरमग्दुर प्रयाशमा छन् । तर, त्यो त्यति सजिलो भने छैन । किनकि, नबोलेरै सबैको साख र हैसियतलाई ठेगान लाउने काङ्ग्रेस सभापति शेरवहादुर देउवा अध्यादेश ल्याउन सहमत छैनन् । पछिल्लो समय उनी पनि सहमतिनजिक रहेको चर्चाबीच प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएभने उनको राजनीति ‘क्षय’ हुने देखिन्छ ।
एमाले उपाध्यक्ष भीमबहादुर रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उशाकिरण तिम्सिनालाई पार्टीबाट हटाएपछि आलोचित बनेका ओलीको राजनीति दिनदिनै धरापमा पर्न थालेको चर्चा राजधानीको चिसो मौसमा तातेको छ । विवादित र पटकपटक आत्महत्या गर्न खोजेका भाटभटेनी सुपर मार्केटका प्रमु्ख मिनबहादुर गुरुङले दिएको १० रोपनीबढी जग्गा लिनु, पूर्व राष्ट्रपति विद्यादेवी पाण्डे राजनीतिमा पुन ः आउने हल्लाबीच टुक्काहरु सुनाउनुजस्ता गैर वाणी ओलीले ओकलिरहेका छन् । यसले उनी विगतको तुलनामा हैसियत र जनमतमा दिनदिनै कमजोर बन्दै गएको जानकारहरुको बुझाइ छ ।

पार्टीमा ५–७ जनालाई निकट राखेर अरुलाई ‘लात्तिहान्ने’ उनको प्रवृत्तिले अब भने साथ नदिनेजस्तो देखिन्छ । माकुने, झलनाथ, बामदेव, भीम रावल, विन्दा पाण्डेदेखि हजारौं एमालेका नेता तथा कार्यकर्ताको राजनीति नै धुलोमा मिलाएका उनले अब महासचिव शंकर पोख्र्रेल, स्थायी कमिटी सदस्य विष्णु रिमाल, राजेन्द्र गौतम, डा राजन भट्टराईको साथबाट मुक्ति पाउनेअवस्था छैन ।

अब हिउँदे अधिवेशन पर सारेर अध्यादेश ल्याउन काङ्ग्रेसलाई मनाउने उनको अभिप्राय सफल भयो भने ओली थप आलोचित र बदनाम बन्नेमात्र होइन एमालेको धरातल पनि खस्किने पक्का छ ।