Advertisement GIF
कल्पवृक्ष
पुस २१ आइतबार, ९:२० पूर्वाह्न
सर्वेन्द्र खनालले एमाले छोेडे

नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले नेकपा एमाले छोडेका छन् । उनले आज (आइतबार) सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू कुनै पार्टीमा नरहेको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन्, ‘हजुरहरु मेरो राजनीतिकस्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकूल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’ खनाल २०७९ को असोजमा एमाले प्रवेश गरेका थिए। एमालेमा रहेर काठमाडौं र तनहुँमा संघीय संसदको उमेद्वार बनेका उनी दुवै पटक पराजीत भएका थिए ।