Advertisement GIF
कल्पवृक्ष
पुस २१ आइतबार, १०:२१ पूर्वाह्न
सर्वोच्च बार अध्यक्षमा पोखरेल

सर्बोच्च अदालतको बार एसोसिएसनको नेतृत्व मेघराज पोखरेलको हातमा परेको छ । शनिबार भएको निर्वाचनमा पोखरेलले महेशकुमार थापालाई पराजित गरेका हुन् ।
पोखरेलको अध्यक्षतामा उपाध्यक्षमा अम्बरबहादुर राउत, सचिवमा रमणकुमार कर्ण, सहसचिवमा पुन्देवी महर्जन, कोषाध्यक्षमा रामचन्द्र पौडेल, शशी बस्नेत निर्वाचित भए । सदस्यमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्व प्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओ कृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी निर्वाचित भए ।