Advertisement GIF
कल्पवृक्ष
पुस २३ मंगलबार, ८:१६ पूर्वाह्न
बझाङमा बाटोमै सुत्केरी महिला र शिशुको मृत्यु

बझाङ जिल्लाको केदास्युँ गाउँपालिका– १ मा गर्भवति महिलाको अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको छ । स्थानीय २१ वर्षीया सविता बोहरालाई सुत्केरी गराउन महिलाहरुले बोकेर अस्पताल लैजाने क्रममा उनीले बाटोमै शिशुलाई जन्म दिएकी थिइन् । उनको अधिक रक्तश्रावले निधन भयो भने शिशुको पनि केही समयपछि मृत्यु भएको बताइएको छ ।