Advertisement GIF
कल्पवृक्ष
पुस २३ मंगलबार, ८:४० पूर्वाह्न
कल सेन्टरमा प्रहरीको छापा : ५३ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुरको सातदोबाटोमा रहेको कल सेन्टरमा छापा मारेको छ । अबैध रुपमा चलाएको यो सेन्टरबाट ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केही भारतीय र अधिकांश नेपाली नागरिक रहेका छन् । प्रहरीले त्यहाँबाट ८५ वटा ल्याप्टप, ८२ वटा मोबाइलसमेतका सामान नियन्त्रणमा लिएको छ । यहाँबाट अनलाइन जुवा खेलाउने गरिएको थियो ।