आज (मंगलबार) बिहान नेपाल– चीन सीमाना तिब्बतको दिंगे काउण्टी केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर कम्तीमा ३६ जनाको मृत्यु भएको छ । ३८ जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्प गएको स्थानबाट २ सय किलोमिटर आसपासमा घरहरु भत्केका छन् भने स्थानीय सरकारले क्षतिको विवरण संकलन गरिरहेको छ ।
नेपालका सोलु, ताप्लेजुङ, सिन्धुपाल्चोक, संखुवासभासमेतका जिल्लामा भूकम्पको ठूलो धक्का महसुस भएको थियो । यी जिल्लामा भूकम्पले भएको क्षतिको विवरण संकलनमा प्रशासन, प्रहरी र स्थानीय सरकार जुटिरहेको बुझिएको छ ।