सरकारले चार जना सशस्त्रका नायव महानिरीक्षक (डिआइजी) को एक वर्ष समयावधि थप गरेको छ । डिआइजीहरु शम्भू सुवेदी, कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र पदावधि थप भएको हो। यो निर्णय नभएको भए उनहरु आजै (बुुधबार) बाट अवकासमा जाने थिए ।
सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको सेवाअवधि ४ं१ वर्ष हुन्छ । चार वर्ष पदावधि पुगेपछि उनीहरु अनिवार्य अवकाशमा जाँदै थिए । तर, अवकाशको अन्तिम दिन उनीहरुको समयावधि थप गरिएको हो ।