Advertisement GIF
कल्पवृक्ष
पुस २५ बिहीबार, ९:३५ पूर्वाह्न
लसएन्जलस डढेलो : ५ जनाको मृत्यु, ११ सयबढी भवन जले

अमेरिकाको लसएन्जलस डढेलोमा परेर ५ जनाको मृत्यु भएको छ भने १ हजार १ सयबढी भवन जलेर नष्ट भएका छन् । यो क्षेत्रमा आपत्काल घोषणा गरिएको छ ।

अन्तराष्ट्रि सञ्चारमाध्यमहरुका अनुसार ३० हजारभन्दा बढी विस्थापित भएका छन् । १६ हजार एकड जमिनमा डढेलोले क्षति भइसकेको छ । विद्यालयहरु बन्द गरिएका छन् । हेलिकोप्टर र दमकलबाट आगो निभाउने प्रयास जारी छ । तर, त्यो नियन्त्रणमा आउन सकेको छैन ।