देशको तराई क्षेत्रमा शीतलहरले चिसो अधिक बढेपछि तिलोत्तमा र बर्दघाट नगरपालिकाले पालिकाभित्रका विद्यालय केही दिनलाई बन्द गरेका छन् । तिलोत्तमाले यही पुस २९ सम्म र बर्दघाटले २६ गतेसम्म विद्यालय बन्द गरेका हुन् । अहिले दिएको विदा वार्षिक विदामा समायोजन गर्ने नगरपालिकाहरुले जनाएका छन् । तराईका अधिकांश क्ष्ँोत्रमा शीतलहरले चिसो अधिक बढेका छ भने केही राजमार्गमा हुस्सु र कुहिरोका कारण सवारी चलाउन समस्या भइरहेको बुफिएको छ ।