अन्तत : चिकित्सकमा नाम निकाल्ने र भर्ना पनि गरिदिने भन्दै सामान्य व्यक्तिलाई ठूलो रकम ठग्न सफल संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । उनी आज (बिहीवार) मोरङको विराटनगरबाट पक्राउ परेका हुन् ।
जिल्लाको रंगेली नगरपालिका– २ का बासिन्दा ४३ वर्षीय अनिल एमबीबीएस पढ्न नाम निकालिदिने र भर्ना पनि हुने प्रलोभन देखाएर ३८ लाख ८० हजार रुपैयाँ ठग्न सफल भएका थिए । अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसार कृष्णासवरन गाउँपालिका– ५ , बकधुवाका बौआलाल चौधरीसँग पटकपटक ३८ लाख ८० हजार रुपैयाँ ठगेका थिए । अनिलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले आदेश दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।