नेपाल बीमा प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ । केहीअघि बोर्डका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध नागरिकतामा कीर्तेको अमियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि अध्यक्ष पद रिक्त रहेको छ ।
अध्यक्ष पदमा नियुक्त हुन स्नाकोत्तर उतीर्ण, ५ वर्ष विशिष्ट श्रेणीमा कार्य गरेको समेत प्रावधान राखिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य, अर्थमन्त्रालयका सचिवसहितको छनोट समितिले अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्नेछ । जसका लागि १५ दिनभित्र निवेदन दिन भनिएको छ ।