Advertisement GIF
कल्पवृक्ष
पुस २६ शुक्रबार, १०:३५ पूर्वाह्न
अमेरिकामा कार दुर्घटना : २ जना नेपालीको मृत्यु

अमेरिकाको भर्जिनियामा हिमपातले जमेको बरफको पोखरीमा कार खस्दा दुई जना नेपालीको मृत्यु भएको छ । स्थानीय एक होटलबाट करिव १० फिट गहिरो पोखरीमा कार चिप्लिएर खसेको थियो । अधिक चिसोका कारण तत्काल उद्धार गर्न नसक्दा चालक ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।