अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलसमा फैलिएको डढेलोले ७ जनाकाृ मृत्यु भएको छ । १७ एकड जमिन डढेलोले जलेर नष्ट भएको छ भने एक लाखबढी बासिन्दा विस्थापित भएका छन् । त्यहाँ घर, पसल, स्कुल, प्रार्थनास्थल, होटलसमेतका भवन जलेका छन् ।
लामो समय पानी नपर्नुले सुख्खा भएको, हावाको वेग अति अधिक रहेको समेतका कारण डढेलो पैmलनेक्रम बढ्दो छ । डढेलो निभाउनलाई पानीको अभाव सुरु भएको छ । पौडी पोखरीहरुबाट पनि पानी संकलन गर्दै हेलिकोप्टर र दमकलबाट आगो निभाउने प्रयास जारी रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । तर, डढेलो तत्काल नियन्त्रणमा आउने अवस्था देखिएको छैन ।