नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी केही कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश हुने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् वैठकले सो विधेयक संसदमा पेश गर्न गृहमन्त्रालयलाई स्वीकृति दिएको हो । यो विधेयक पारितका लागि संघीय संसद्को आगामी बैठकमा पेश गरिने गृहमन्त्री लेखकको भनाइ छ ।