कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (आइतवार) काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । राजधानीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यही मुद्धामा उनी अदालत उपस्थित हुन लागेका हुन् ।
स्वर्णलक्ष्मी सहकारी घोटाला प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले रविसहित ३९ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।